दुर्घटनामा परेर गम्भीर घाइते भएका मकवानपुरका न्यासुरको मृत्यु

तु खबर संवाददाता
२०७९ भाद्र १७, शुक्रबार १६:५५

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ४ हात्तीसुडेस्थित गत मंगलबार दुर्घटनामा परेर गम्भाीर घाइते भएका पदैलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बकैया गाउँपालिका वडा नम्वर ३ हातिसुडे बस्ने अन्दाजी ८० वर्षीय नानी लाल न्यासुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, बकैया–४ भिमसेन दमारमा हातिसुडेबाट हेटौंडा तर्फ आउँदै गरेको ना ३७ प १०५० नम्वरको स्कुटरको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए ।

घाइते उनको उपचारको क्रममा चितवनमा बिहीबार राती मृत्यु भएको हो । स्कुटर तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।