समाचार
हेटौंडामा चलचित्र ‘ऐना झ्यालको पुतली’ प्रिमियर
मकवानपुर । नेपाली चलचित्र ऐना झ्यालको पुतली हेटौंडामा प्रिमियर भएको छ । हेटौंडा निवासी सुजित विडारीको लेखन तथा निर्देशनमा तयार भएको उक्त चलचित्र शुक्रबार एक कार्यक्रमबीच एनएसस सिनेमा हलमा प्रिमियर शो गरिएको हो । हेटौंडा उपमहानगरका मेयर मिनाकुमारी लामाको प्रमुख अतिथ्यतामा कार्यक्रम गर्दै चलचित्र प्रदर्शन गरिएको थियो । चलचित्र...
संघीय सरकारको साँघुरो मन
मकवानपुर । ‘असहयोग हुँदा कतिसम्म खुम्चिनुपर्छ’ भन्ने ज्वलन्त उदाहरण बनेको छ, बागमती प्रदेश । प्रदेश सरकार स्थापना भएको पाँच वर्ष बित्नै लागिसक्यो । तर, संरचना अझै बन्न सकेको छैन । जग्गा विषय टुंगो लगाउन नसक्दा प्रदेश कार्यालय झ्याल झ्यालमै सीमित छन् । प्रदेश सरकारले हरेक वर्ष मन्त्रालय र मन्त्रीका...
राप्रपाले केन्द्रीय सदस्यलाई प्रशिक्षण दिने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण दिने भएको छ । पार्टीले भदौ २१ गते सुकेधारामा एक कार्यक्रमबीच केन्द्रीय सदस्यहरुलाई चुनाव लक्षित राजनीतिक प्रशिक्षण दिने भएको हो । प्रशिक्षणमा सहभागी हुन चाहने सदस्यहरुलाई आइतबारसम्म नाम दर्ता गर्न पार्टीले आग्रह पनि गरेको छ । नाम दर्ता गर्न...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेको जनाएको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । महाशाखाका अनुसार, प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी...
७२ जिल्लामा फैलियो डेंगू संक्रमण, सबैभन्दा धेरै बागमती प्रदेशमा
काठमाडौं । नेपालमा पछिल्लो समय डेंगू संक्रमण बढ्दो क्रममा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म ७२ जिल्लामा डेंगू संक्रमण देखिएको छ । साउनदेखि यता २१ सय ७९ जनामा डेंगु पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा देखिएका छन् । त्यहाँ...
एकै परिवारका तीन जनाको हत्या, एक जना पक्राउ
उदयपुर । उदयपुरमा एकै परिवारका तीन जनाको हत्या भएको छ । जिल्लाको बेलका नगरपालिका–७, का राजकुमार बस्नेतसहित उनकी श्रीमती सरिता बस्नेत र छोरा सुजन बस्नेत हत्या भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीले उक्त हत्यामा संलग्न भएको आशंकामा एक जनालाई खुकुरीसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
राष्ट्रियसभाका विषयगत समितिका सभापतिहरुको निर्वाचन भदौ २३ गते हुने
काठमाडौं । राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुको निर्वाचन भदौ २३ गते हुने भएको छ । राष्ट्रिय सभामा रहेका दलहरुका बिचमा सहमति भए अनुसार भदौ २३ गते निर्वाचन गर्ने भएको राष्ट्रिय सभाको सचिवालयले जनाएको छ । राष्ट्रियसभाका विषयगत समितिका सभापति पदहरु कार्यकाल सकिएर २०७८ फागुन २१ गते कार्यकाल सकिएको थियो...
कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले गत जेठ १६ गतेदेखि २५ गतेसम्म संचालन गरेको परीक्षाको नतिजा आज शुक्रबार सार्वजनिक गरेको हो । यसवर्ष ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशन गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । जसअन्तर्गत...
हेटौंडामा स्व. शर्माको अर्ध कदको सालिक अनावरण
मकवानपुर । बाम्पन्थी नेता, साहित्यकार तथा पत्रकार स्वर्गीय श्याम प्रसाद शर्माको अर्ध कदको सालिक आज अनावरण गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ हर्नामाडीस्थित गुम्बाडाँडामा रहेको श्याम प्रसाद स्मृति पार्कमा रहेको उनको सालिक मुख्यमन्त्री राजेन्द्र पाण्डेले अनावरण गरेका हुन् । सालिक अनावरण गर्दै मुख्यमन्त्री पाण्डेले नेपाली माटो सुहाउँदो...
राप्रपाद्वारा हेटौंडा उपमहानगरपालिकाको कार्यालय परिसरमा विरोध प्रदर्शन
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले आज शुक्रबा दिउँसो हेटौंडा उपमहानगरपालिकाको कार्यालय परिसरमा विरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस निकट पत्रकार संगठन प्रेस युनियनलाई १० लाख रुपैँया दिने उपमहानगरपालिकाको निर्णयविरुद्ध राप्रपाले विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा उनीहरुले उक्त निर्णयलाई तत्काल सच्याउन माग गरेका छन् । विकास...










