समाचार
पहिरोका कारण जामुने–खैरेनी सडकखण्ड अवरुद्ध
तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको जामुने–खैरेनी सडक आज बिहानदेखि अवरुद्ध भएको छ । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण म्याग्दे गाउँपालिका–६ मौरीओडारमा पहिरो खसेपछि राजमार्ग दुईतर्फीरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सडकमाथिबाट पहिरा खसेपछि जामुने–खरेनीटार सडक पूर्णरूपमा अवरुद्ध भएको हो । पहिरो पन्छाउन प्रहरी टोली घटनास्थल...
बारामा उद्योग लुट्न आएका डाँका र प्रहरीबीच भिडन्त
वीरगञ्ज । बारामा उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच भिडन्त भएको हो । डाँका समूहले एक राउण्ड फायर गर्दा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी...
साढे ३९ लाख नगदसहित युवक पक्राउ
काठमाडौं । स्रोत नखुलेको ३९ लाख ५० हजार ५ सय रूपैयाँ नगदसहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी बर्दघाट नगरपालिका वडा नम्वर ६ का २२ वर्षीय टिकाराम भट्टराई रहेका छन् । उनलाई प्रहरी प्रभाग नागढुंगाको टोलीले धादिङबाट काठमाडौं आउँदै गरेको ना ४ ख ९६७४...
अरिङ्गालको टोकाइबाट २ जना बिरामी
काठमाडौं । काठमाडौंमा अरिङ्गालले टोक्दा २ जना बिरामी भएका छन् । शनिबार बेलुकी शंकरापुर नगरपालिका वडा नम्वर २ पटापमा अरिङ्गाल पोल्ने क्रममा टोक्दा २ जना बिरामी भएका हुन् । अरिङ्गालको टोकाइबाट ३० वर्षका सुमन तामाङ र २० वर्षका सन्तबहादुर तामाङ बिरामी भएको प्रहरीले जनाएको छ । उनीहरूलाई साँखुस्थित पिपुल्स...
कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजिनक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको समय तालिका तथा आवेदन फारम बुझाउनेबारे सूचना प्रकाशन गरेको छ । बोर्डको सूचना अनुसार २०७९ असोज ३० गते आइतबार अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले...
महाभियोग सिफारिस समितिको बैठक बस्दै
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ । यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो । बिहीबार बसेको समितिको बैठक २ घण्टामात्र चलेको थियो । महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टले जबरालाई सोधिने प्रश्नहरु बाँकी रहेकाले आज बिहान ११...
आजको मौसम : यी स्थानहरुमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । महाशाखाका अनुसार, आज दिउँसो प्रदेश नं. १, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा...
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो २ बजे बस्ने भएको हो । उक्त बैठकमा प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श...
शिक्षाका लागि राष्ट्रिय अभियानको जिल्ला समिति चयन
मकवानपुरमा । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) जिल्ला सञ्जाल मकवानपुरको हेटौंडामा भएको पाँचौ जिल्ला भेलाले नयाँ कार्यसमिति चयन गरेको छ । एनसीई मकवानपुरका संयोजक बुद्धवीर लामाको सभाध्यक्षतामा भएको भेलाले नयाँ कार्यसमिति चयन गरेको हो । भेलाले ग्रामीण असहाय बालबालिका सामुदायिक पुनस्र्थापना (रुहेल–सीआरसी) हेटौंडाका कार्यक्रम व्यवस्थापक केदार आचार्यलाई संयोजक तथा...
एकीकृत समाजवादीले समानुपातिकमा २० लाख मत ल्याउने माधव नेपालको दाबी
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले समानुपातिकमा २० लाख मत ल्याउने दाबी गरेका छन् । मोरङको विराटनगरमा आयोजित पेशागत महासंघको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अधयक्ष नेपालले सो कुरा बताएका हुन् । उनले समानुपातिकबाट २० लाख मत ल्याए २० देखि २५...










