अरिङ्गालको टोकाइबाट २ जना बिरामी

तु खबर संवाददाता
२०७९ भाद्र १९, आईतवार ०९:१७

काठमाडौं । काठमाडौंमा अरिङ्गालले टोक्दा २ जना बिरामी भएका छन् । शनिबार बेलुकी शंकरापुर नगरपालिका वडा नम्वर २ पटापमा अरिङ्गाल पोल्ने क्रममा टोक्दा २ जना बिरामी भएका हुन् ।

अरिङ्गालको टोकाइबाट ३० वर्षका सुमन तामाङ र २० वर्षका सन्तबहादुर तामाङ बिरामी भएको प्रहरीले जनाएको छ । उनीहरूलाई साँखुस्थित पिपुल्स लाइफ कियर अस्पतालमा उपचार गरिएको छ ।