पहिरोका कारण जामुने–खैरेनी सडकखण्ड अवरुद्ध

तु खबर संवाददाता
२०७९ भाद्र १९, आईतवार १०:२१
file photo

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको जामुने–खैरेनी सडक आज बिहानदेखि अवरुद्ध भएको छ । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण म्याग्दे गाउँपालिका–६ मौरीओडारमा पहिरो खसेपछि राजमार्ग दुईतर्फीरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, सडकमाथिबाट पहिरा खसेपछि जामुने–खरेनीटार सडक पूर्णरूपमा अवरुद्ध भएको हो । पहिरो पन्छाउन प्रहरी टोली घटनास्थल पुगिसकेको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण खोला बढेपछि म्याग्दे –४ थर्पु बजारमा पनि राप्तीखोलाले बाटो अवरुद्ध बनाएको छ । सडकमाथिबाटै खोला बग्न थालेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पृथ्वीराजमार्गको अन्य ठाउँमा भने वर्षाका कारण बाटो अवरुद्ध नरहेको जनाइएको छ ।