समाचार
जापान पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा एक महिला पक्राउ
काठमाडौं । जापान पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–९ घर भई हाल ललितपुरको बालकुमारी बस्ने ३८ वर्षीय मिना सुब्बा रहेकी छन् । सुब्बालाई काठमाडौं उपत्यका अपराध अनुसान्धानको कार्यालयको टोलीले सुविधानगरबाट पक्राउ गरेको हो । उनले वर्किङ भिसामा...
प्रतिनिधिसभा बैठक : डेंगू नियन्त्रण गर्न माग
काठमाडौं । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसदहरुले देशभर डेंगू संक्रमण फैलिएको भन्दै त्यसलाई नियन्त्रण गर्नको लागि सरकारले तत्काल पहल गर्नुपर्ने माग गरेका छन् । बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य बिनाकुमारी श्रेष्ठले पछिल्लो समय डेंगू संक्रमण देशभर फैलिएको भन्दै त्यसलाई नियन्त्रणको लागि सरकारले तत्काल पहल गर्न माग गरेकी हुन्...
मापसे गरेर ट्याक्सी चलाउने २ जना चालक पक्राउ
काठमाडौं । मदिरा सेवन गरेर भाडाको ट्याक्सी चलाउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार काठमाडौंको दुई छुट्टाछुट्टै स्थानबाट मदिरा सेवन गरी ट्याक्सी चलाउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बा २ ज ३३४१ नम्वरको ट्याक्सी चालक सुनसरीका ३४ वर्षीय विकास सुनार र...
देशभर थपिए १४२ जना कोरोना संक्रमित, भए २३० जना संक्रमणमुक्त
काठमाडौं । नेपलामा पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । सो अवधिमा ३ हजार ४५० जनाको परीक्षणमा १४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, १ हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा ११६ जना र १ हजार...
राजेन्द्र लिङ्देनले गरे सांसद पद त्यागेको घोषणा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभा सदस्य पद त्याग गर्ने घोषणा गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा समय लिएर बोल्दै अध्यक्ष लिङदेनले सो कुराको घोषणा गरेका हुन् । अध्यक्ष लिङ्देनले चुनाव घोषणापछि नै संसद चलाइराख्नु उपयुक्त हुँदैन भन्ने आफ्नो दलको धारणा रहेको बताए ।...
साताको पहिलो दिन शेयर बजारमा सामान्य सुधार
काठमाडौं । आज साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा सामान्य सुधान देखिएको छ । उतारचढावकाबीच नेप्से सूचक आज ६.६८ अंकले बढेर १९७७ को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा सूचीकृत २२७ कम्पनीको २८ लाख ७६ हजार २८८ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ७ करोडमाथिको कारोबार...
टिकटक बनाउने क्रममा भीरबाट खसेर केसीको मृत्यु
दाङ । दाङमा टिकटक बनाउने क्रममा भीरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार, सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट झरेर टिकटक बनाउन गएका केसी शनिबार राति करिब ९...
हेटौंडा अस्पतालको लागि १४९ जना कर्मचारी माग, सबैभन्दा धेरै स्टाफ नर्स
मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालका लागि ठूलो मात्रामा कर्मचारी माग गरिएको छ । अस्पतालको नवनिर्मित भवनबाट सेवा प्रवाह गर्नको लागि विभिन्न तहका लागि १४९ जना कर्मचारी माग गरिएको हो । प्रतिष्ठानले आज आइतबार एक सूचना जारी गरी विभिन्न तहका लागि १४९ जना कर्मचारी माग...
मकवानपुरमा थप ४ जनामा कोरोना पुष्टि
मकवानपुर । मकवानपुरमा थप ४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमण पुष्टि हुनेहरुमा मनहरी गाउँपालिकाका ३ जना र हेटौंडा उपमहानगरपालिकाका एक जना रहेका छन् । यस्तै,...
एमाले उपाध्यक्षलाई मातृशोक
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल) लाई मातृशोक परेको छ । उनकी आमा नन्द कुमारी थापाको आज बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो । दीर्घरोगका कारण उनी केही वर्षयता थलिएकी थिइन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नन्द कुमारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त...










