समाचार
कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा रोक
काठमाडौं । निर्वाचन आयोगले आज सोमबारबाट कर्मचारीहरुको सरुवा, बढुवा र नियुक्तीमा रोक लगाएको छ । आयोगले गत भदौ २ गते दिएको निर्देशन अनुसार सरकारले आजबाट कुनै पनि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार, आगामी मंसिर ४ गते...
भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान
काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक समारोहबीच सेनाध्यक्ष पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सो पद प्रदान गरेकी हुन् । उक्त समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्च पदस्थअधिकारीहरुको सहभागिता थियो । नेपाल भ्रमणको सिलसिलामा पाण्डे...
दुर्घटनामा परेर ३ वर्षीय बालकको मृत्यु
सल्यान । सल्यानमा ट्रकले किचेर एक बालकको मृत्यु भएको छ । शारदा नगरपालिका–१ श्रीनगर बजारमा लु १ ख ९२५९ नम्वरको ट्रकले किचेर केशरबहादुर भण्डारीका ३ वर्षीय छोरा कृतिक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार, घरमै पार्किङ गरिराखेको ट्रकमा सामान लोड गर्ने भनी चालक...
गृहमन्त्री खाँणले दिए सुरक्षागार्ड गुरुङलाई रिहा गर्न निर्देशन
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटीजका सुरक्षागार्ड शेरजंग गुरूङलाई रिहाइ गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्याएर सुरक्षागार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित...
दसैँतिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने
काठमाडौं । यस पटकको दसैँतिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने भएको छ । स्वचालित मूल्य प्रणाली अनुसार नै सार्वजनिक यातायातको भाडा निर्धारण हुने हुँदा तत्काल चाडपर्व अघि भाडा वृद्धि नहुने यातायात व्यवस्था विभागले जनाएको छ । तर, चाँडवाडलाई नै लिएर यात्रुहरूको चाप र सवारी साधनको व्यवस्थापनमा भने विभाग लागिसकेको प्रवक्ता...
चोरी मुद्दाका फरार प्रतिवादी ४ वर्षपछि पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं जरंखुबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले चोरी मुद्दाका फरार प्रतिवादी काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–८ घर भई काठमाडौं तारकेश्वर नगरपालिका–८ जरंखु बस्ने हिमाल लामा भन्ने ४९ वर्षीय हिराबहादुर लामालाई आइतबार दिउँसो पक्राउ गरेको हो । प्रहरीका अनुसार, उनलाई...
देशभर २२१ जना कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा २२१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ५८ जनाको नमुना परीक्षणमा २२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ५१९ जनाको पीसीआर परीक्षण गर्दा १२२ जना र २ हजार...
मकवानपुर क्षेत्र नं. १ को उम्मेदवारमा दिपक सिंहको नाम सिफारिस
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि मकवानपुर क्षेत्र नं. १ को उम्मेदवारमा दिपकबहादुर सिंहको नाम सिफारिस गरेको छ । राप्रपा मकवानपुरको आइतबार बसेको जिल्ला कमिटीको बैठकले सिंहलाई उम्मेद्वार बनाउन सिफारिस गरेको हो । त्यस्तै, बैठकले मकवानपुर क्षेत्र नं....
सोमबार सामान्य अंकले घट्यो नेप्से
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक झिनो अंकले घट्न पुगेको हो । आज नेप्से कारोबार बन्द हुने बेलासम्म ४.२९ अंकले घटेर १९७३ को विन्दुमा कायम हुन पुगेको छ । शेयर बजारमा गिरावट आएसँगै आज शेयरको मात्रा...
संघीय सरकारविरुद्ध मुद्दा हाल्ने बागमतीका मुख्यमन्त्री पाण्डेको चेतावनी
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले संघीय संसद् राष्ट्रियसभाबाट हालै पारित काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक संघीयता र संविधान विरोधी रहेको जिकिर गर्दै मुद्दा हाल्ने चेतावनी दिएका...










