चोरी मुद्दाका फरार प्रतिवादी ४ वर्षपछि पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं जरंखुबाट एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले चोरी मुद्दाका फरार प्रतिवादी काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–८ घर भई काठमाडौं तारकेश्वर नगरपालिका–८ जरंखु बस्ने हिमाल लामा भन्ने ४९ वर्षीय हिराबहादुर लामालाई आइतबार दिउँसो पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, उनलाई चोरी मुद्दामा जिल्ला अदालत भक्तपुरको २०७५ मंसिर ११ गतेको फैसलाले १ लाख ७३ हजार ४ सय ८३ रूपैयाँ जरिवाना ठहर भई फरार भएका थिए ।
झण्डै ४ वर्षपछि पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पठाइएको जनाइएको छ ।
