भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान

तु खबर संवाददाता
२०७९ भाद्र २०,सोमबार १८:१५

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक समारोहबीच सेनाध्यक्ष पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सो पद प्रदान गरेकी हुन् ।

उक्त समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्च पदस्थअधिकारीहरुको सहभागिता थियो । नेपाल भ्रमणको सिलसिलामा पाण्डे आइतबार नेपाल आएका हुन् । नेपाल–भारतबीच सैन्य प्रमुखलाई भ्रमणको क्रममा मानार्थ महारथी पद दिने प्रचलन रहिआएको छ ।