समाचार

बुधबार मकवानपुरसहित तीन जिल्लामा सार्वजनिक विदा हुने

मकवानपुर । बागमती प्रदेश सरकारले मकवानपुरसहित तीन जिल्लामा सार्वजनिक विदा दिने भएको छ । बागमती प्रदेश सरकारले चेपाङ समुदायको न्वागी (छोनाम) को अवसरमा यही भदौ २२ गते बुधबार तीन वटा जिल्लामा सार्वजनिक विदा दिएको हो । प्रदेशको आन्तरिक मामिला तथा कानूनी मन्त्रालयले सोमबार एक सूचना जारी गरी सो दिन...

स्रोत नखुलेको सात लाखसहित एक जना पक्राउ

पर्सा । पर्सा प्रहरीले भारतबाट मोटरसाइकलको सिटमुनी र ट्यांकीमा लुकाएर ल्याएको स्रोत नखुलेको ७ लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका ७ का ५० वर्षीय हरिनारायण प्रसाद कुर्मी रहेका छन् । कुर्मी भारततको रक्सौलबाट वीरगञ्जतर्फ आउने क्रममा पक्राउ परेको पर्साका प्रहरीले जनाएको...

मकवानपुर ट्राफिक प्रहरीद्वारा २४ लाखको राजस्व संकलन

मकवानपुर । मकवानपुर ट्राफिक प्रहरीले एक महिनाको अवधिमा २४ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । प्रहरीले चालु आर्थिक वर्षको साउन महिनामा सवारी साधनलाई जरीवाना गरेर २४ लाख ६ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको हो । प्रहरीले साउन महिनामा ३ हजार २ सय ५० वटा सवारी...

भारतीय सेनाध्यक्षलाई शीतल निवासमा मानार्थ महारथीको दर्जा प्रदान गरिने

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई सोमबार नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिने भएको छ । प्रधान सेनापति प्रभुराम शर्माको निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष पाण्डे पाँच दिने भ्रमणमा आइतबार काठमाडौँ आएका हुन् । भ्रमणमा उनकी पत्नी अर्चना पाण्डे पनि सहभागी छन् । सोमबार राष्ट्रपति...

हेटौंडामा सिटिनेटको राष्ट्रिय बैठक सम्पन्न

मकवानपुर । देशका १६ नगरपालिका र ६ वटा सस्था सम्मिलित सिटिनेट नेपालको राष्ट्रिय बैठक हेटौंडामा सम्पन्न भएको छ । हेटौंडामा बैठक आयोजना गरेसँगै हेटौंडा उपमहानगरका प्रमुख मिनाकुमारी लामा सस्थाको असोजको पहिलो साता हुने अन्तराष्ट्रिय सम्मेलनमा सहभागि हुने भएकी छिन् । असोजको पहिलो साता मेलेसियाको राजधानीमा सिटिनेटको निर्वाचनसँगै नेतृत्व परिवर्तन...

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै

काठमाडौं । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्न लागेको कार्यदल सदस्य एवम् सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । आइतबार बसेको सत्ता घटकका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँटको औपचारिक खाका ल्याउन कार्यदललाई भनेको थियो । दुई दिनभित्रै सिट बाँडफाँटलाई...

हेटौंडाकी वाईबाको मृत्यु

मकवानपुर । मकवानपुरमा विष सेवनबाट एक जना किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ हटिया बस्ने १५ वर्षीया संगीता वाईबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, संगीताले आइतबार साँझ आफ्नै घरमा हाल...

क्यानडामा छुरा प्रहारबाट १० जनाको मृत्यु

काठमाडौं । क्यानडामा छुरा प्रहारबाट कम्तीमा १० जनाको मृत्यु भएको छ । क्यानडाको मध्य सास्काचेवान प्रान्तमा भएका घटनामा १० जनाको मृत्यु भएको हो । घटनाका संदिग्धहरूको प्रहरीले खोजी सुरु गरेको छ । प्रहरीले घटनामा संदिग्ध रहेका ३१ वर्षीय डिमियन स्यान्डरसन र ३० वर्षीय मायद्यस स्यान्डरसनको तस्बिर सार्वजनिक गरेको छ...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । साथै प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षासमेत भइरहेको जनाएको छ...

चट्याङ लागेर श्रीमान–श्रीमतीको मृत्यु

धनगढी । कञ्चनपुरमा चट्याङ लागेर श्रीमान–श्रीमतीको मृत्यु भएको छ । करेन्ट लागेर कृष्णपुर नगरपालिका–७ को शान्तिपुर बस्ने २२ वर्षीय दिपक राना र उनकी श्रीमती २० वर्षिया मन्तरा रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । माछा मारेर घर फर्किने क्रममा चट्याङ लाग्दा घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको जिल्ला...