साताको पहिलो दिन शेयर बजारमा सामान्य सुधार

तु खबर संवाददाता
२०७९ भाद्र १९, आईतवार १६:०९

काठमाडौं । आज साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा सामान्य सुधान देखिएको छ । उतारचढावकाबीच नेप्से सूचक आज ६.६८ अंकले बढेर १९७७ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा सूचीकृत २२७ कम्पनीको २८ लाख ७६ हजार २८८ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ७ करोडमाथिको कारोबार भएको छ । त्यस्तै, आज नेप्सेमा रहेका होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, अन्य र म्युचुअल फण्ड समूह घटेको छ भने अन्य समूहमा हरियाली छाएको छ । सर्वाधिक निर्जिवन बीमा समूहको १.८५ अंकले बढ्न पुगेको छ ।