टिकटक बनाउने क्रममा भीरबाट खसेर केसीको मृत्यु

दाङ । दाङमा टिकटक बनाउने क्रममा भीरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार, सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट झरेर टिकटक बनाउन गएका केसी शनिबार राति करिब ९ बजे भीरबाट खसेका थिए । करिब तीन सय मिटर तल खसेका उनलाई प्रहरीले उद्धार गरेर उपचारको लागि राप्ती प्रादेशिक अस्पतालमा लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका हो ।
मृतक केसी रा ५ ६ ७२३८ नम्बरको मोटरसाइकलको पछाडि सवार थिए । मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।