देशभर थपिए १४२ जना कोरोना संक्रमित, भए २३० जना संक्रमणमुक्त

तु खबर संवाददाता
२०७९ भाद्र १९, आईतवार १६:४३
filr-photo

काठमाडौं । नेपलामा पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । सो अवधिमा ३ हजार ४५० जनाको परीक्षणमा १४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, १ हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा ११६ जना र १ हजार ६९४ जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ५२८ पुगेको छ । जसमध्‍ये २ हजार ३८५ जना होम आइसोलेसनमा रहेका छन् भने १४३ जना संस्थागत आइसोलेसन र ३८ जना आईसीयूमा छन् भने ४ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा २३० जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कुनै पनि व्यक्तिको निधन भएको छैन ।