भिरबाट लडेर मकवानपुरका ढुङ्गना गम्भीर घाइते
मकवानपुर । मकवानपुरमा भिरबाट लडेर एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको कैलाश गाउँपालिका वडा नम्वर ५ मा भिरबाट लडेर स्थानीय ७३ वर्षीय विष्णुबहादुर ढुङ्गना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ढुङ्गना भदौ १३ गते घर नजिकैको जङ्गलमा बाख्रा चराउन जाने क्रममा लडेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, घाइते ढुंगानाको काठमाडौंस्थित बीर अस्पताल (ट्रमा सेन्टर) मा उपचार भइरहेको छ ।
