कांग्रेसद्वारा मकवानपुर–१ को ‘क’ मा १८ जना उम्मेदवारको नाम सिफारिस (सूचीसहित)
मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि नेपाली कांग्रेस मकवानपुरले जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्वर १ अन्तर्गत प्रदेशसभा ‘क’ बाट प्रत्यक्ष तथा समानुपातिक गरी १८ जना सिफारिस भएका छन् ।
कांग्रेस मकवानपुर–१ (क) प्रदेश कार्यसमितिको बैठकले प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ ३ र समानुपातिक तर्फ १५ जनाको नाम सिफारिस गरेको हो । बैठकले प्रत्यक्ष तर्फ दामोदर खनाल, मिठारम दाहाल तथा भुमिनन्द गौतमको नाम सिफारिस गरेको छ ।
यस्तै, समानुपातिकतर्फ रामशरण माझी, शुसान्त श्रेष्ठ, शेरबहादुर भोलन, भक्तबहादुर राई, ताराचन्द्र बजगाई, तुलसीराम लामिछाने, रामबाबु बानियाँ, मोहन प्रसाद ढकाल, तेजप्रसाद घिमिरे, अनिल बिक, शेरबहादुर घलान, मानबहादुर लामा, उर्मिला पुलामी, भानुमाया ठाडा र सुनिता राईको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
