समाचार
डेंगुका कारण एक जना महिलाको मृत्यु
काठमाडौं । डेंगुको संक्रमणबाट कैलालीमा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, ती महिलाको निसर्ग अस्पतालमा गत मंगलबार उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालले डेंगु भएको पुष्टि गरेको छ र छातीमा...
मुख्यमन्त्री पाण्डेद्वारा जिल्ला प्रशासन कार्यालय मकवानपुरको अनुगमन
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जिल्ला प्रशासन कार्यालय मकवानपुरको अनुगमन गरेका छन् । जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता, राहदानीलगायत अन्य सिफारिसलगायतका सेवाबारे उनले सेवाग्राहीसँग बुझ्नुको साथै सम्बन्धित कक्षमा नै पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए । सेवाग्राहीलाई छिटो छरितो सेवा उपलब्ध गराई उनीहरुलाई सेवा लिन आउँदा...
राष्ट्रिय सभा बैठक बस्दै
काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो ३ बजे बस्ने भएको हो । उक्त बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । त्यस्तै, बैठकमा बीमा विधेयक २०७५, सार्वजनिक...
हेटौंडा बसपार्कको तरकारी बजार चौकीटोलमा सारिने
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० मा रहेको थोक तथा खुद्रा तरकारी बजारलाई हेटौंडा–१ चौकीटोलस्थित सारिने भएको छ । उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाको अध्यक्षतामा बसेको ८ औं कार्यपालिका बैठकले बसपार्कको तरकारी बजारलाई सार्ने निर्णय गरेको हो । बसपार्क क्षेत्रमा निर्माण भैरहेको बस टर्मिनलको निर्माणको काम तरकारी...
कांग्रेसद्वारा मकवानपुरका पालिकास्तरमा भेला तथा अन्तरक्रिया कार्यक्रम
मकवानपुर । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै देशव्यापी सुरुवात गरेको ‘जनताको साथमा कांग्रेस’ अभियानले मकवानपुर जिल्लामा पनि तीव्रता पाएको छ । भदौ १२ गते मकवानपुर जिल्लाको १०२ वडामा क्रियाशील भेला गरेर सुरु भएको अभियानअन्तर्गत् बुधबार जिल्लाभर पालिकास्तरमा भेला तथा अन्तरक्रिया ...
एमाले मकवानपुरले भदौ १८ गतेभित्र उम्मेदवार सिफारिस गर्ने
मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि नेकपा एमाले मकवानपुरले उम्मेदवार सिफारिस गर्ने मिति र मापदण्ड तोेकेको छ । एमाले मकवानपुरको बुधबार बसेको सचिवालय बैठकले प्रतितिधि तथा प्रदेश तहका कमिटिको बैठकले आगामी भदौ १७ र १८ गतेभित्र जिल्ला कमिटीलाई उम्मेदवार सिफारिस गर्न समय...
मकवानपुरका स्थानीय तहहरूबाट २०६ वटा उजुरी दर्ता
मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयमा गत आर्थिक वर्ष २०७८/०७९ मा मकवानपुरका १० वटा स्थानीय तहहरूका २०६ वटा उजुरीहरू दर्ता भएको छ । जिल्लाका स्थानीय तहहरूका गत आवमा २०६ वटा उजुरी दर्ता भएको कार्यालयका सूचना अधिकारी विष्णु प्रभा सापकोटाले जानकारी दिए । उनका अनुसार, अघिल्लो आर्थिक वर्ष...
पहिरोसँगै आएको ढुंगाले लागेर एक जनाको मृत्यु
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरान्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा पहिरोसँगै आएको ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अमित थामी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मामाघरबाट तीज मनाएर आमा र बहिनीका साथमा फर्किंदै गरेका थामीको खोला तर्ने क्रममा पहिरोसँगै आएको ढुङ्गाले लागेर मृत्यु...
व्यापारीलाई पछ्याएर ९ लाख चोरी गर्ने पक्राउ
काठमाडौं । काठमाडौंको ठमेलस्थित गल्कोपाखामा एक जना व्यापारीलाई पछ्याएर नगद ९ लाख ५२ हजार रुपैयाँ चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पत्राउ गरेको छ । होटल व्यवसाय गर्ने व्यापारीलाई पछ्याएका आरोपीले घर पुगेर पैसा राखेपछि किचनबाट प्रवेश गरेर नगद चोरेर भागेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा नुवाकोटको ककनी...
जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु
बझाङ । बझाङमा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका–९ का ६० वर्षीय गगन ओखेडा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । बुधबार साँझ केदारस्युँ गाउँपालिका–१ देउरा बजारबाट बागथलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०० च २६९० नम्वरको जिपले देउरा बजारमा ठक्कर दिँदा उनको...









