जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु
बझाङ । बझाङमा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका–९ का ६० वर्षीय गगन ओखेडा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
बुधबार साँझ केदारस्युँ गाउँपालिका–१ देउरा बजारबाट बागथलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०० च २६९० नम्वरको जिपले देउरा बजारमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
बुङ्गल नगरपालिका–६ घर भएका जिप चालक दीपेन्द्र धामी घटनापछि फरार रहेको प्रहरीले जनाएको छ ।
