देशभर २६९ कोरोना संक्रमित थपिए, एकको मृत्यु

तु खबर संवाददाता
२०७९ भाद्र १६, बिहीबार १७:५४
file-photo

काठमाडौं । देशभर थप २६९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा ३ हजार ५५७ को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । १ हजार ७३२ जनाको पीसीआर परीक्षण गर्दा १८० र १ हजार ८२५ जनाको परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको हो ।

२१५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज समेत भएका छन् । यसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ३१५८ जना सक्रिय संक्रमित छन्।