सत्तारुढ गठबन्धनले प्रतिनिधि सभाको सिट बाँडफाँट आज टुंग्याउने
काठमाडौँ । सत्तारुढ गठबन्धन दलहरुले प्रतिनिधि सभाको सिट बाँडफाँट आज टुंग्याउने तयारी गरेका छन् । उक्त तयारी अनुसार गठबन्धन दलहरुको छुट्टाछुट्टै र संयुक्त बैठक आज बस्दै छ । गठबन्धनका शीर्ष नेताहरुको बैठक आज ५ बजे बोलाइएको छ ।
गठबन्धनका नेताहरुको बैठक बस्नुअघि सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बिहान ९ बजे बालुवाटारमा बस्ने जनाइएको छ । कांग्रेसले कति सिट दाबी गर्ने भनेर साझा धारणा बनाउन शीर्ष नेताहरुको बैठक बस्न लागेको हो । सोही धारणा अनुसार गठबन्धनको बैठकमा प्रस्तुत हुने नेपाली कांग्रेसका एक नेताले बताए ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुँदै छ । २० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल गठन गरेको थियो । ११ सदस्यीय कार्यदलको संयोजक नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् ।
