भदौं २० गतेभित्र उम्मेदवार सिफारिस गर्न माओवादीको निर्देशन
काठमाडौं । नेकपा माओवादी केन्द्रले भदौं २० गतेभित्र उम्मेदवारी सिफारिस गर्न निर्देशन दिएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी सिफारिस गर्न निर्देशन दिइएको हो ।
बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको आइतबार ललितपुरमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त निर्देशन दिएका हुन् । यसैगरी, सोही बैठकले बागमती प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक केन्द्रीय सदस्य खटाउने निर्णय गरेको छ ।
