मैत्रीपूर्ण रग्बी खेलः महिलातर्फ मकवानपुर विजयी
मकवानपुर । मकवानपुरमा पहिलो पटक रग्बी खेलको आयोजना गरिएको छ । शनिबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको खेलमा महिलातर्फ मकवानपुर टिम विजयी भएको छ ।
मकवानपुर रग्बी टिमले चितवन महिला रग्बी टिमलाई ७–० स्कोरले पराजित गरेको हो । यस्तै, पुरुषतर्फ चितवनको टिमसँग विजयी भएको छ ।चितवनको पुरुष रग्बी टिमले मकवानपुरका पुरुष रग्बी टिम ३–१ स्कोरले पराजित गरेको हो ।
उक्त खेल मकवानपुर रग्बी संघका अध्यक्ष लिला कुमार घलानको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलानको प्रमुख आतिथ्यमा भएको हो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्गी, हेटौंडा–५ का वडाध्यक्ष सुशील घिमिरे र हेटौंडा–१ का वडाध्यक्ष सविन न्यौपानेलगायतको आतिथ्य रहेको थियो ।
