सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै
काठमाडौं । सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दैछ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बस्ने भएको हो ।
साउनको तेस्रो सातायता कार्यदलको बैठकमा आगामी मंसिर ४ को प्रतिनिधि र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँडबारे छलफल भइरहेको छ । कांग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी राखेको छ । १६५ निर्वाचन क्षेत्रमध्ये करिब ४० सिटमा कांग्रेसको एकल दाबी छ ।
यस्तै माओवादीको एकल दाबी रहेका करिब १० सिटमात्र छन् । १६५ निर्वाचन क्षेत्रमध्ये करिब ६ सिटमा जसपाको र दुई सिटमा एकीकृत समाजवादीको एकल दाबी छ । तर, राष्ट्रिय जनमोर्चाले दाबी गरेका दुई सिटमा भने गठबन्धनभित्र दोहोरो दाबी छ ।
