कमल थापा अदालत जाँदै

तु खबर संवाददाता
२०७९ भाद्र १०, शुक्रबार १८:५५
file-photo

मकवानपुर । राप्रपा नेपालका अधयक्ष कमल थापा अदालत जाने भएक छन् । अध्यक्ष कमल थापाले सामाजिक संजाल ट्वीटर मार्फत निर्वाचन आयोगको स्वेच्छाचारीताविरुद्ध अदालत जाने बताएका हुन् । निर्वाचन आयोगले चुनाव चिन्ह ‘गाई’ नदिएपछि अध्यक्ष थापा अदालत जान लागेका हुन् ।

‘कानुन अनुसार चुनाव चिन्ह छान्ने अधिकार राजनीतिक दलको हो । राप्रपा नेपालले पटकपटक ‘गाई’ चिन्ह अद्यावधिक गर्न दिएको निवेदनको उपेक्षा गर्नु र सर्वोच्च अदालतको अन्तरिम आदेशको समेत अवज्ञा गर्नुमा निर्वाचन आयोगको बदनियत देखिन्छ । आयोगको स्वेच्छारीता विरुद्ध न्यायको निम्ति हामी अदालत जानेछौ,’ अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।