थप ३२४ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ भाद्र १०, शुक्रबार १६:५१
filr-photo

काठमाडौं । नेपालमा थप ३२४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ जार ५१५ को नमुना परीक्षण गर्दा ३२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ९४३ जना पुगेको छ । त्यस्तै, सोही अवधिमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।