समाचार

घरको छतबाट खसेर बालिकाको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा घरको छतबाट खसेर एक बालिकाको मृत्यु भएको छ । छतबाट खसेर वीरगञ्ज महानगरपालिका वडा नम्वर १ छपकैया बस्ने मुकेश ठाकुरको छोरी २ वर्षीया सजना ठाकुरको मृत्यु भएको हो । बिहान साढे ११ बजे सजना छतको बाल्कोनीमा खेलिरहेकी थिइन् । सोही क्रममा अनियन्त्रीत भई अचानक जमिनमा खसेर...

श्रीमतीको हत्यापश्चात श्रीमानले गरे आत्महत्या

दाङ । दाङमा एक युवकले श्रीमतीको हत्यापश्चात आत्महत्या गरेका छन् । जिल्लाको घोराही उपमहानगरपालिका–१३ डुमरगाउँका ३६ वर्षीय नवीन रोकामगरले ३७ वर्षीया श्रीमती निरु रोकाको हत्या गरेपछि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बिहीबार राति आफन्तको घरमा बास बस्न गएका दुवै जना शुक्रबार बिहान मृत फेला परेका...

कपिलवस्तुमा ७ जुवाडे पक्राउ

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्वर ७ बनगाईको एक होटलमा सञ्चालित जुवा खालबाट प्रहरीले छापा मार्दा ७ जुवाडेलाई पक्राउ गरेको छ । गएराती सवा ११ बजे छापा मार्दा ७ जना जुवाडेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय पिपराका प्रहरी टोलीले पक्राउ गरेको हो ।...

हेटौंडा उपमहानगरको वार्षिक समिक्षा गोष्ठी सम्पन्न

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ मा भएका कामको वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठी शुक्रबार नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै लामाले उपमहानगरका जनतालाई दुःख नहुने गरी सेवा प्रदान गर्नु स्थानीय सरकारको पहिलो दायित्व भएको बताएकी छन् ।...

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ६१ पैसा र बिक्री दर १३२ रूपैयाँ...

निर्वाचन आयोग : ८ करोड ३ लाख ९४ हजार मतपत्र छपाई सम्पन्न

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने कूल ८ करोड ३ लाख ९४ हजार ५ सय मतपत्रको छपाई सम्पन्न भएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका प्रतिनिधि सभातर्फ १ करोड ९८ लाख ७१ हजार र समानुपातिकतर्फ २...

मकवानपुरमा सवारी दुर्घटना हुँदा १० जना घाइते

मकवानपुर । मकवानपुरमा शुक्रबार विभिन्न दुई स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर १० घाइते भएका छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ नवपुर र वडा नम्वर ९ स्थ्ति भएको दुर्घटनामा परेर १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शुक्रबार अपाराह्न ३ बजेको समयमा हेटौंडा–११...

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ । महाशाखाका अनुसार, आज दिउँसो प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको...

जसपाको चुनावी घोषणापत्र सार्वजनिक हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को चुनावी घोषणापत्र आज सार्वजनिक हुने भएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि जसपाले आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो । पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बहादुर बस्नेतका अनुसार, उक्त घोषणापत्र दिउँसो २ बजे...

मकवानपुरका ठकुरी मृत अवस्थामा फेला

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा शुक्रबार एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ७ भण्डारखोप बसने अन्दाजी ४० वर्षीय राजकुमार ठकुरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, ठकुरी आफ्नै घरदेखी ५००मिटर...