समाचार
प्रधान सेनापतिद्वारा खड्कालाई रथीको दर्ज्यानी चिह्न प्रदान
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति भएका सीताराम खड्कालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । मन्त्रिपरिषदको कार्तिक १६ गतेको निर्णय अनुसार उनी रथीमा बढुवा भएका थिए । शुक्रबार जङ्गी अड्डामा आयोजित कार्यक्रमका बीच उनलाई शर्माले रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । पदोन्नति भएका खड्का बलाध्यक्षमा...
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं । काठमाडौंको अनामनगरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८ वर्षीया आस्था सुब्बा रहेका छन् । गत कात्तिक १५ गते सिंहदरबार पूर्वी ढोका अगाडि प्रदेश–३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते उनको बाजबजारस्थित मोडल अस्पतालमा उपचारको...
थप २५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ८४५ जनामा गरिएको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, सोही समयमा २८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै...
सन्दीप लामिछाने पुर्पक्षका लागि थुनामा
काठमाडौं । जिल्ला अदालत काठमाडौले सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । अदालको आदेशसँगै उनलाई केन्द्रीय कारागार जगन्नथादेवल पठाइने भएको छ । नाबालिग बलात्कार आयोगमा लामिछानेको मुद्दामा थुनछेक बहस सकिएसँगै न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीश घिमिरेको इजलासले आदेश...
मकवानपुरमा महिला साक्षरता अभियानको अगुवा डीना
मकवानपुर । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवार बनाएको चार महिलामध्ये महालक्ष्मी उपाध्याय ‘डीना’ एक हुन् । कांग्रेसको केन्द्रीय सहमहामन्त्री समेत रहेकी डीना मकवानपुर–१ बाट प्रतिनधि सभाको उम्मेदवार बनेकी छन् । पार्टीले समानुपातिकतर्फको पहिलो नम्बरमा राखेको आफ्नो नाम काटेर जनताबाट प्रत्यक्ष रूपमा अनुमोदित...
एमाले प्रवेश भनी भ्रम फैल्याइयो, म कांग्रेसमै छुः पूर्व वडाध्यक्ष बल
हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका १ का नेपाली कांग्रेसका नेता श्यामकुमार बलले आफूले पार्टी परित्याग गरी अर्को पार्टीमा प्रवेश गरेको भनी भ्रम फैल्याएको बताएका छन् । नेपाली कांग्रेसबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा भीमफेदी १ नम्बर वडा अध्यक्षसमेत निर्वाचित बललाई सामाजिक गतिविधिबारे छलफल छ भन्दै लगेर फोटो खिचाएर एमाले...
महेश बर्तौलाको भाषणले तामाङ समुदाय रुष्ट
हेटौंडा । नेकपा एमालेबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–२ का उम्मेदवार महेश बर्तौलाले चुनावी प्रचारप्रसारका क्रममा गरेको भाषणले मकवानपुरका आदिवासी, जनजाती तथा तामाङ समुदायले अपमानित महसुस गरेका छन् । बर्तौलाले तामाङ भाषामा ‘रक्सी खाएर सूर्यमा भोट हालौँ’ भन्दै मतदाताहरुलाई आग्रह गरेको भिडियो उनकै फेसबुकबाट केहीदिन अघि सार्वजनिक भएपछि उनीप्रति...
एमाको चुनावी अभियान आजबाट सुरु
काठमाडौं । नेकपा एमालेले चुनावी आमसभा आजबाट सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु गर्ने भएको छ । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज हेलिकोप्टरमार्फत दार्चुला पुग्दैछन् । चुनावी अभियानका क्रममा ओली ४० जिल्लामा पुग्ने कार्यतालिका रहेको छ । एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवालयले १८ देखि २६ कात्तिकसम्म पूर्वको...
एकादशीको अवसरमा सार्वजनिक विदा
लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा सार्वजनिक विदा दिएको छ । नगरपालिकाले एक सूचना जारी गरी हरिबोधिनी एकादशीका दिन नगरपालिका कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा मातहतका संघ संस्थामरुमा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी गराएको हो । नगर कार्यपालिकाको छैटौं बैठकले उक्त विदा दिने निर्णय गरेको...
विप्लव नेकपाका केन्द्रीय सदस्य वली पक्राउ
नवलपरासी । निर्वाचन बिथोल्ने अभियानमा लागेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य इन्चार्ज सरद वलीलाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी इन्चार्ज समेत रहेका उनलाई निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा बिहीबार पक्राउ गरेको हो । उनलाई नवलपुरको मध्यपुर नगरपालिका बसन्तपुरबाट प्रहरीले पक्राउ गरेको हो ।...










