विप्लव नेकपाका केन्द्रीय सदस्य वली पक्राउ

तु खबर संवाददाता
२०७९ कार्तिक १८, शुक्रबार ०९:१४

नवलपरासी । निर्वाचन बिथोल्ने अभियानमा लागेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य इन्चार्ज सरद वलीलाई प्रहरीले पक्राउ गरेको छ ।

नवलपरासी इन्चार्ज समेत रहेका उनलाई निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा बिहीबार पक्राउ गरेको हो । उनलाई नवलपुरको मध्यपुर नगरपालिका बसन्तपुरबाट प्रहरीले पक्राउ गरेको हो ।

विप्लव नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाले संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका छन् ।