समाचार
पूर्वाधार विकास र आधारभूत आवश्यकता पूरा गर्छौँः नेता बानियाँ
हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ प्रदेशसभा ९ख० मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँले पूर्वाधार विकास र आम जनताको आधारभूत आवश्यकता पूरा गरिने बताएका छन् । मनहरी गाउँपालिका १ र २ ले संयुक्त रुपमा आयोजना गरेको सभालाई शुक्रबार सम्बोधन गर्दै नेता बानियाँले मुलुकमा पटक–पटक व्यवस्था परिवर्तन भएपनि...
भीमफेदीको त्रिखण्डी मन्दिरमा मेला
मकवानपुर । आज हरिबोधनी एकादशीको दिन मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर १ स्थित त्रिखण्डी मन्दिरमा आज मेला लागेको छ । कात्तिक शुल्क एकादशीको दिनमा भगवान विष्णुको प्रतिकको रुपमा तुलसीको विवाह तथा विशेष पूजा गरी मनाइने हरिबोधनी एकादशी पर्वमा हरेक वर्षझैँ यस बर्षपनि त्रिखण्डी मन्दिर परिसरमा ठूलो मेला लागेको हो...
जसपाको घोषणापत्र शनिबार सार्वजनिक हुने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को घोषणापत्र शनिबार सार्वजनिक भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि भोलि घोषणापत्र सार्वजनिक गर्न लागेको पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार, काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा शनिबार...
दोहोरो नागरिकता बनाएको आरोपमा एक पक्राउ
काठमाडौं । दोहोरो नागरिकता बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर वेलका नगरपालिका–७ बस्ने ४१ वर्षीय अशोक भन्ने ओमबहादुर राई रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनलाई काठमाडौं महानगरपालिका–३ महाराजगन्जस्थित अमेरिकी राजदूतावास नजिकैबाट पक्राउ गरेको हो...
कहिलेकाँहीको म्यूजिक भिडियो सार्वजनिक
मकवानपुर । नेपाल आइडलबाट चर्चामा आएकी मेनुका पौडेलको स्वरमा रहेको कहिलेकाँही गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सो गीतको म्यूजिक भिडियो किशन सुवेदी अफिसियल नामक यूट्यूब च्यानलबाट आज सार्वजनिक गरिएको हो । गीतकार किसन सुवेदीको शब्दमा रहेको उक्त गीतको कम्पोज सन्जोग गौतमले गरेका हुन् भने एरेन्ज मिक्सिङ पुस्कर...
मकवानपुरमा डेंगु संक्रमितको संख्या ५२६८ पुग्यो
मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार २६८ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ३ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार २६८ पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि बिहीबारसम्मको हो । जसमा २...
निमुखाकोे खाना र नानासँग जोडिएको बानियाँको नाता
मकवानपुर । व्यवसायी, राजनीतिज्ञ मात्र नभई चर्चित समाजसेवीको रुपमा पनि जोडिएर आउने नाम हो ईन्द्रबहादुर बानियाँ । कठ्याङ्ग्र्रिदो जाडोमा चेपाङ, दलित तथा विपन्न बस्तीमा कम्मल बोकेर होस् या विपतिमा परी खान नपाएकाको घरमा चामलको बोरा बोकेर होस्, बानियाँ सबैका खाना र नानासँग जोडिने गरेका छन् । ‘भुईंमान्छे’ का सेवामा...
हेटौंडा बसपार्कमा सरसफाई कार्यक्रम
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित बसपार्क क्षेत्रमा शुक्रबार बिहान सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । सरसफाई कार्यक्रम प्रहरी चौकी बसपार्क तथा सामुदायिक प्रहरी सेवा उपकेन्द्र र जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजना एवम् होटल एसोसियशन मकवानपुरको सहकार्यमा भएको हो । कार्यक्रममा सामुदायिक प्रहरी सेवा...
बाराही हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद थप
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आइपीओमा आवेदन दिने म्याद थप गरिएको छ । कात्तिक ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा कात्तिक २५ गतेसम्म आवेदन दिन मिल्ने गरी म्याद थप गरिएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १००...
प्रधान सेनापतिद्वारा खड्कालाई रथीको दर्ज्यानी चिह्न प्रदान
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति भएका सीताराम खड्कालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । मन्त्रिपरिषदको कार्तिक १६ गतेको निर्णय अनुसार उनी रथीमा बढुवा भएका थिए । शुक्रबार जङ्गी अड्डामा आयोजित कार्यक्रमका बीच उनलाई शर्माले रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । पदोन्नति भएका खड्का बलाध्यक्षमा...










