जसपाको घोषणापत्र शनिबार सार्वजनिक हुने

तु खबर संवाददाता
२०७९ कार्तिक १८, शुक्रबार १७:५०

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को घोषणापत्र शनिबार सार्वजनिक भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि भोलि घोषणापत्र सार्वजनिक गर्न लागेको पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार, काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा शनिबार दिउँसो २ बजे प्रतिवद्धतापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । एमाले, कांग्रेस, माओवादी, राप्रपा लगायतका अन्य दलले यसअघि नै घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।