भीमफेदीको त्रिखण्डी मन्दिरमा मेला
मकवानपुर । आज हरिबोधनी एकादशीको दिन मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर १ स्थित त्रिखण्डी मन्दिरमा आज मेला लागेको छ ।
कात्तिक शुल्क एकादशीको दिनमा भगवान विष्णुको प्रतिकको रुपमा तुलसीको विवाह तथा विशेष पूजा गरी मनाइने हरिबोधनी एकादशी पर्वमा हरेक वर्षझैँ यस बर्षपनि त्रिखण्डी मन्दिर परिसरमा ठूलो मेला लागेको हो ।
त्रिभुवन राजपथ सडकखण्डमा पर्ने त्रिखण्डी मन्दिमा पूजा गर्न र रमाउन मकवानपुरलगायत छिमेकी जिल्ला चितवन, बारा, पर्साका मानिसहरु पनि पूजाआजाको लागि आएका थिए ।
साँझ ८ बजेसम्म संचालन हुने मेला अवधिभर भीमफेदी गाउँपालिका र भैंसे प्रहरीको संयुक्त सहकार्यबाट माछामासु, मदिरा, जुवातासहरु खेल्न निषेध गरिएको छ ।
यसैगरी, आज मकवानपुरको उत्तरीक्षेत्र थाहा नगरपालिकाको दामनस्थित ऋषेश्वर मन्दिर, मकवानपुर गढी, भीमफेदी गाउँपालिकाको विभिन्न स्थानमा रहेको मन्दिरमा समेत जात्रा लागेको छ ।
सबै मन्दिरहरुमा भक्तजनहरुको सुरक्षालाई मध्येनगर गर्दै बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

