समाचार

भारत सरकारद्वारा नेपाललाई ८० वटा सवारीसाधन उपहार

काठमाडौं । निर्वाचन आयोगलाई भारत सरकारले ८० वटा सवारीसाधन उपहार स्वरूप प्रदान गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रयोजनको लागि भारत सरकारले निर्वाचन आयोगलाई सवारीसाधन प्रदान गरेको हो । उक्त सवारीसाधन बिहीबार एक कार्यक्रमबीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले...

साढे ४ करोड ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । नक्कली करारनामा बनाइ ४ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका–१७ का ३६ वर्षीय नौसद अन्सारी रहेका छन् । उनलाई नक्कली करारनामा बनाइ ४ करोड ५० लाख ठगी गरेको आरोपमा प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान...

दुघर्टनामा परेर सुवेदीको मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२, सानोठिमी हलेसीमार्ट नजिक भित्री सडक खण्डमा मोटरसाइकल र स्कुटी ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बागमती प्रदेश २६८७ नम्वरको स्कुटी र बागमती प्रदेश–०२–०३७ प १८५२ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा...

सन्दीप लामिछानेविरुद्धका मुद्दामा आज पनि थुनछेक बहस

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ । बिहीबार पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो । बिहीबार सन्दीपका तर्फबाट ८ जना अधिवक्ताले बहस गरेका छन् । कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबारबाट बयान...

आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आजवबाट मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । आजबाट देशभरका ७७ वटै जिल्लाका ७५३ स्थानीय तहका वडाका घरदैलो मतदाता शिक्षा कार्यक्रम आयोजना गरिने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार,...

आज हरिबोधिनी एकादशी

मकवानपुर । आज कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशी पर्व मनाइदै छ । आजैका दिन असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिएको औषधिको गुणले युक्त तुलसीको आजै विवाह गरिदिने प्रचलन रहेको छ । हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी एकादशी भनिन्छ ।...

आज पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले प्रदेश–१ लगायत बाँकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ । देशका अन्य भूभागको मौसम सामान्यतः सफा रहेको छ । आज दिउँसो देशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ...

निर्वाचनमा मिडिया र पत्रकारको भुमिकाबारे हेटौंडामा अन्तरक्रिया

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मिडिया र पत्रकारको भुमिकाबारे बिहीबार हेटौंडामा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । बागमती प्रदेश निर्वाचन आयोगले हेटौंडामा पत्रकारसँग निर्वाचनमा मिडियाको भूमिकाबारे अभिमुखीकरण कार्यक्रमको गरेको हो । कार्यक्रममा बागमती प्रदेश निर्वाचन आयोगका प्रमुख लुम्बनाथ पोखरेलले निर्वाचनमा...

स्रोत नखुलेको ६ लाख नगदसहित खनाल पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा स्रोत नखुलेको भारतीय रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँची सन्धीखर्क नगरपालिका –१ मिडियाचोक बस्ने वर्ष ३९ का मुक्ति खनाल रहेका छन् । उनलाई स्रोत नखुलेको ५ लाख ५२ हजार ८ सय रूपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । खनाललाई यशोधरा गाउँपालिका...

दुई किशोरीमाथि सामूहिक बलात्कार, ९ जना पक्राउ

बुटवल । रुपन्देहीमा २ किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । जिल्लाको कञ्चन गाउँपालिका–२ गोफ्लापुरमा १५ र १६ बर्षीया किशोरीलाई बुधबार राति अपहरण गरी बलात्कार गरेको आरोपमा ९ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा सैनामैना नगरपालिका–१० का १८ वर्षका बबि पाण्डे,...