स्रोत नखुलेको ६ लाख नगदसहित खनाल पक्राउ

तु खबर संवाददाता
२०७९ कार्तिक १७, बिहीबार १७:४२
सांकेतिक तस्बिर

कपिलवस्तु । कपिलवस्तुमा स्रोत नखुलेको भारतीय रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँची सन्धीखर्क नगरपालिका –१ मिडियाचोक बस्ने वर्ष ३९ का मुक्ति खनाल रहेका छन् ।

उनलाई स्रोत नखुलेको ५ लाख ५२ हजार ८ सय रूपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । खनाललाई यशोधरा गाउँपालिका –७ मर्यादापुरस्थित खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा तौलिहवाबाट मर्यादापुर जाँदै गरेको लु १६ प ४११७ नम्बर मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा पक्राउ गरेको जनाएको छ ।

खनाललाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजस्व भन्सार कार्यालय रुपन्देही पठाइएको जनाइएको छ ।