समाचार
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौं । वीरगञ्जमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । यही कात्तिक १३ गते ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका वीरगञ्ज महानगरपालिका–३२ मा ५९ वर्षीय चोकट महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ट्याक्टरको ठक्करबाट सख्त घाइते भएका महतोको आज बिहीबार बिहान नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारका...
कीर्तिपुरमा डकैती गरेर भागेका मुख्य योजनाकार प्रहरीको फन्दामा
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा डकैती गरेर भागेका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । कीर्तिपुरस्थित टुसालमा बस्ने नारायण बस्नेतको घरमा २०७९ साउन २४ मा बिहान लुटेरा समूहले ३५ तोला सुनका गहना, हिरा र नगद लुटेर भागेका थिए । सो लुटमा संलग्न मुख्य योजनाकार ललितपुरको गोदावरी बस्दै आएका ५१ वर्षीय...
सन्दीप लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस आज पनि हुँदैछ । बुधबारबाट सुरु भएको बहसमा प्रतिवादी सन्दीपको तर्फबाट रोशनी पौडेल, मुरारी सापकोटासहित वरिष्ठ अधिवक्ता शशि अधिकारी, सुनिता रेग्मी, अधिवक्ता शान्ति काफ्लेलगायतले बहस गरेका थिए । यसअघि मंगलबार साँझ अबेरसम्म सन्दीपको बयान लिइएको थियो । मंगलबार साँझसम्म बयान लिएर...
राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र आज सार्वजनिक हुँदै
काठमाडौं । आगामी ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरुले धमाधम घोषणापत्र सार्वजनिक गरिरहेका छन् । यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आज वाचापत्र सार्वजनिक गर्ने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको एक कार्यक्रममा सभापति रवि लामिछानेको उपस्थितिमा वाचा पत्र सार्वजनिक...
हेटौंडामा बाघ समात्न चार वटा ट्रयापिङ क्यामेरा जडान
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ भैरवडाँडास्थित वन क्षेत्रमा चार वटा ट्रयापिङ क्यामेरा जडान गरिएको छ । बुधबार डिभिजन वन कार्यालय हेटौंडा र हेटौंडा–१ नम्वर वडा कार्यालयले बाघ समात्न ट्रयापिङ क्यामेरा जडान गरेको हो । क्यामेराले त्यस क्षेत्रको गतिविधि सूक्ष्म रूपमा कैद गर्ने र बाघको आक्रमणबाट स्थानीयलाई...
मकवानपुरका १९ वटा मतदान स्थल अतिसंवेदनशील
मकवानपुर । मकवानपुरका १९ वटा मतदान स्थलहरु अतिसंवेदनशील अवस्थामा रहेका छन् । सुरक्षाका दृष्टिकोणले जिल्लाका कुल १६५ वटा मतदान स्थलहरुमध्ये १९ वटा अतिसंवेदनशील अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका अनुसार, जिल्लाका ६० वटा मतदान स्थलहरु संवेदनशील र बाँकी ८० वटा कम संवेदनशील (सामान्य) अवस्थामा रहेका...
‘थाहा नगरलाई कृषि र पर्यटन शहरको रुपमा विकास गछौं’
मकवानपुर । नेकपा एमालेको तर्फबाट मकवानपुर क्षेत्र नम्वर २ का प्रतिनिधि सभा उम्मेदवार महेश कुमार बर्तौलाले थाहा नगर थाहानगरपालिकालाई कृषि र पर्यटनको शहरको रुपमा विकास गर्ने बताएका छन् । एमालेले बुधबार थाहा नगरमा आयोजना गरेको कार्यकर्ता भेला एवम् निर्वाचन प्रचार–प्रसार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् ।...
जनताको सेवा गर्न संसदमा जान खोजेको : एकलाल श्रेष्ठ
मकवानपुर । नेकपा एमालेको तर्फबाट मकवापुर क्षेत्र नम्वर १ को ‘ख’ प्रदेश सभाका उम्मेदवार एकलाल श्रेष्ठले आफु जनताको प्रतिनिधि भएर जनताको सेवा गर्नको निमित्त संसदमा जान खोजेको बताएका छन् । बुधवार नेकपा एमाले निर्वाचन परिचालन कमिटी, हेटौंडा–५ को आयोजनामा भएको जनसंगठनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै श्रेष्ठले आफु भत्ता...
आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहेको छ । यस्तै, आज दिउँसो प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ...
आजदेखि उमेदवारले जुलुस र आमसभा गर्न पाउने
काठमाडौं । आजबाट राजनीतिक दल तथा उमेदवारले मंसिर १ गतेसम्म चुनावी प्रचार–प्रसार गर्न पाउने भएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन प्रचार–प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाइने भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै भनेको छ “निर्वाचन...










