जनताको सेवा गर्न संसदमा जान खोजेको : एकलाल श्रेष्ठ

तु खबर संवाददाता
२०७९ कार्तिक १७, बिहीबार ०७:४०

मकवानपुर । नेकपा एमालेको तर्फबाट मकवापुर क्षेत्र नम्वर १ को ‘ख’ प्रदेश सभाका उम्मेदवार एकलाल श्रेष्ठले आफु जनताको प्रतिनिधि भएर जनताको सेवा गर्नको निमित्त संसदमा जान खोजेको बताएका छन् ।

बुधवार नेकपा एमाले निर्वाचन परिचालन कमिटी, हेटौंडा–५ को आयोजनामा भएको जनसंगठनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै श्रेष्ठले आफु भत्ता खान र नेता बन्न भन्दापनि जनताको सेवाको निमित्त संसदमा जान खोजेको बताएका हुन् ।

नेकपा एमाले मकवानपुरका अध्यक्ष समेत रहेका उनले पार्टीमा अनेक संकट आउँदा उभिएको, हेटौंडाको विकासको निमित्त सँधै आवाज उठाउँदै आएको र आगामी दिनमा पनि आवाज उठाउने बताए ।

उनले स्थानीय तहमा जस्तो कुनै पनि कमजोरी नगरी कार्यकर्ताहरुलाई मतदान शिक्षादेखि ओली सरकारले गरेका राम्रा कामको प्रचार गर्न सबैलाई आग्रह गरे । उनले आफुले चुनाव जितेर गएको अवस्थामा जनताको हितको लागि कानून बनाउन पहल गर्ने, युवाहरुको विषयमा आवाज उठाउनुका साथै विकासमा आहोरात्र खट्ने प्रतिबद्धता जनाए ।