समाचार

‘गठबन्धनको सरकार आउनेबित्तिकै परेवाभीरमा बाटो बनायौँ’

हेटौंडा । लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ प्रदेशसभा (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाँले गठबन्धनको सरकार निर्माण हुनासाथ परेवाभीरमा बाटो बनाइएको बताएका छन् । गठबन्धनको राक्सिराङ गाउँपालिका ५ र ८ को संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बानियाँले तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले परेवाभीरमा बाटो बनाउन बजेट...

पत्रकार महासंघ मकवानपुरको साधारणसभा स्थगित

मकवानपुर । नेपाल पत्रकार महासंघको साधारणसभा स्थगित भएको छ । महासंघको यही कात्तिक १९ गतेको लागि तय भएको १७ औं साधारणसभा आगामी कात्तिक २५ गतेसम्मका लागि स्थगित भएको हो । पत्रकार महासंघले पूर्व अध्यक्ष एवम् वरिष्ठ पत्रकार कौशल पाण्डेको निधन भएकोप्रति बुधबार शोक व्यक्त गर्दै कात्तिक २५ गतेसम्मका लागि...

हेटौंडामा एकदिने अभिमुखीकरण कार्यक्रमको आयोजना

मकवानपुर । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषदले बुधबार हेटौंडामा अभिमुखी कार्यक्रमको आयोजना गरेको छ । बागमती प्रदेशको १३ वटै जिल्ला युवा समितिको अध्यक्षहरुको लागि आर्थिक वर्ष २०७९/८० वार्षिक कार्यक्रमको एकदिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयमा भएको उक्त कार्यक्रमको...

गठबन्धनले ज्येष्ठ नागरिकको उचित सम्मान गर्छ : डीना

मकवानपुर । नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री एवम् गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्वर १ को प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले गठबन्धनले जिते मात्रै ज्येष्ठ नागरिकको उचित सम्मान हुने बताएकी छन् । एमालेले ज्येष्ठ नागरिकलाई सधैं बृद्धभत्तासंग जोडेर चुनावी नारा बनाउने गरेको भन्दै उनले राज्यले गर्ने सम्मानलाई चुनावी...

मीना र राजेशले गरिसकेको काम एमालेको घोषणापत्रमा : खतिवडा

मकवानपुर । सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्वर २ को प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विरोध खतिवडाले हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले गरिसकेको कामहरु अहिले एमालेको घोषणापत्रमा रहेको बताएका छन् । बुधबार हेटौंडा–३ बसामाडीमा गठबन्धनको चुनावी प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै उनले एमालेको घोषणापत्रमा झुट र...

थप ५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर थप ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ६४२ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४६ तथा एन्टिजेन विधिबाट १३ जनामा संक्रमण पुष्टि भएको स्स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, सोही अवधिमा थप २१ जना संक्रमणमुक्त...

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस नसकिएपछि बुधबार मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । आजको बहसमा प्रतिवादी सन्दीपको तर्फबाट रोशनी पौडेल, मुरारी सापकोटासहित वरिष्ठ अधिवक्ता शशि अधिकारी, सुनिता रेग्मी, अधिवक्ता शान्ति काफ्लेलगायतले बहस गरेका थिए । यसअघि मंगलबार साँझ अबेरसम्म सन्दीपको बयान लिइएको थियो । मंगलबार साँझसम्म बयान...

आश्वासन बाँड्दैनौँ, जनतामाझ बोलेको कुरा गरेरै छाड्छौँः इन्द्र बानियाँ

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ प्रदेश सभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँले जनताको बीचमा गरेको प्रतिवद्धता पूरा गरेर देखाउने बताएका छन् । हेटौंडा–३ मा बुधबार आयोजित अगुवा कार्यकर्ता भेला तथा गठबन्धनको चुनावी प्रचारप्रसार कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता बानियाँले बिगतमा जनताको बीचमा गरेको...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा कामरु कन्स्ट्रक्सन प्रालिका संचालक नुवाकोट बेलकोटगढी नगरपालिका–६ का भएका ५१ वर्षीय राममणी दहाल रहेको प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको गत भदौ ६ गतेको फैसलाले १० दिन कैद र...

मकवानपुरमा थप ५२ जनामा डेंगु संक्रमण

मकवानपुर । मकवानपुरमा थप ५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा सबैभन्दा मनहरी गाउँपालिकाका रहेका छन् । त्यहाँ एकैदिन ४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी, हेटौंडा उपमहानगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा डेंगु संक्रमितको कूल...