पत्रकार महासंघ मकवानपुरको साधारणसभा स्थगित
मकवानपुर । नेपाल पत्रकार महासंघको साधारणसभा स्थगित भएको छ । महासंघको यही कात्तिक १९ गतेको लागि तय भएको १७ औं साधारणसभा आगामी कात्तिक २५ गतेसम्मका लागि स्थगित भएको हो ।
पत्रकार महासंघले पूर्व अध्यक्ष एवम् वरिष्ठ पत्रकार कौशल पाण्डेको निधन भएकोप्रति बुधबार शोक व्यक्त गर्दै कात्तिक २५ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको महासंघका अध्यक्ष मणिराज गौतमले जानकारी दिए ।
पाण्डेको निधनको शोकमा महासंघले बुधबार नै पाण्डेको परिवारलाई भेट गरी समवेदनासमेत प्रकट गरेको थियो । पाण्डेको ७५ वर्षको उमेरमा गत कात्तिक १० गते निधन भएको थियो । स्व. पाण्डेले पाँच दशकभन्दा बढी पत्रकारिता क्षेत्रमा जिवन बिताएका थिए ।
