निर्वाचनमा मिडिया र पत्रकारको भुमिकाबारे हेटौंडामा अन्तरक्रिया
मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मिडिया र पत्रकारको भुमिकाबारे बिहीबार हेटौंडामा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ ।
बागमती प्रदेश निर्वाचन आयोगले हेटौंडामा पत्रकारसँग निर्वाचनमा मिडियाको भूमिकाबारे अभिमुखीकरण कार्यक्रमको गरेको हो ।
कार्यक्रममा बागमती प्रदेश निर्वाचन आयोगका प्रमुख लुम्बनाथ पोखरेलले निर्वाचनमा पत्रकारले पालना गर्नुपर्ने आचारसंहिताका विषयमा प्रस्तुतीकरण दिएका थिए । साथै उनले संचार माध्यमले निष्पक्ष ढंगबाट समाचार प्रकाशन र प्रसारण गर्नुपर्नेमा जोड दिए ।
यस्तै, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्रदेव पाण्डेले मकवानपुरमा निर्वाचन निष्पक्ष र भयरहित ढङ्गबाट सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले जिल्लामा अहिलेसम्म कुनै राजनीतिक दल र उम्मेदवारहरुले आचारसंहिता उल्लङ्घन भयो भनी उजुरी नआएको जानकारी गराए ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौला, निर्वाचन अधिकृत मुकुन्द हरि पौडेल, आचारसंहिता अनुगमन अधिकृत रमेश अर्याल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख तथा प्रहरी उपरिक्षक बामदेव गौतम र सशस्त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीको सहभागीता रहेको थियो ।
