मकवानपुरका ठकुरी मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७९ कार्तिक १९, शनिबार ०७:५४

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा शुक्रबार एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ७ भण्डारखोप बसने अन्दाजी ४० वर्षीय राजकुमार ठकुरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, ठकुरी आफ्नै घरदेखी ५००मिटर दक्षिणतर्फ रहेको खहरे खोलाको छेउमा मृत अवस्थामा फेला परेका हुन् । ठकुरीको शव शुक्रबार नै मुचुल्का उठाइ पोष्टमार्टमको लागि हेटा ल्याइएको छ । उक्त स्थान ईलाका प्रहरी कार्यालय भीमफेदीबाट १२÷१३ कि.मि.पूर्बपटि पर्दछ ।