निर्वाचन आयोग : ८ करोड ३ लाख ९४ हजार मतपत्र छपाई सम्पन्न
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने कूल ८ करोड ३ लाख ९४ हजार ५ सय मतपत्रको छपाई सम्पन्न भएको छ ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका प्रतिनिधि सभातर्फ १ करोड ९८ लाख ७१ हजार र समानुपातिकतर्फ २ करोड ४ लाख २१ हजार मतपत्र छपार्इ भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार, प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि १ करोड ९९ लाख १८ हजार ५ सय र समानुपातिकतर्फ २ करोड १ लाख ८४ हजार मतपत्र छपार्इ सम्पन्न भएको छ ।
निर्वाचन आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई मतपत्र छपाइको जिम्मा दिएको थियो ।
