जसपाको चुनावी घोषणापत्र सार्वजनिक हुँदै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को चुनावी घोषणापत्र आज सार्वजनिक हुने भएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि जसपाले आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।
पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बहादुर बस्नेतका अनुसार, उक्त घोषणापत्र दिउँसो २ बजे नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा एक कार्यक्रमबीच सार्वजनिक गरिने भएको हो ।
सत्ता गठबन्धनसँग असन्तुष्टि जनाउँदै जसपा नेकपा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा होमिएको छ । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपालगायतका अन्य दलले यसअघि नै घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।
