आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

तु खबर संवाददाता
२०७९ कार्तिक १९,शनिबार ०८:५१

काठमाडौं । नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ६१ पैसा र बिक्री दर १३२ रूपैयाँ २१ पैसा रहेको छ । युरो एकको खरिद दर १२८ रूपैयाँ ६६ पैसा र बिक्री दर १२९ रूपैयाँ २५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १४७ रूपैयाँ ६४ पैसा र बिक्री दर १४८ रूपैयाँ ३१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १४ पैसा र बिक्री दर ३६ रूपैयाँ ३० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।