समाचार

सानिमा बैंकले ल्यायो भिसा डाइरेक्ट सेवा

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि भिसा डाइरेक्ट सेवा ल्याएको छ । यो सेवा मार्फत् ग्राहकहरुले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । जसअनुसार विश्वभरबाट सानिमाको भिसा कार्ड नम्बरमा विभिन्न डिजिटल माध्यमहरू जस्तै इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र एटीएमबाट सजिलै रकमान्तर गर्न सकिने छ...

तेस्रो लिङ्गीलाई बन्दसूचीबाट हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लैङ्गिक पहिचान फरक परेका कारण तेस्रो लिङ्गीलाई समानुपातिकतर्फको बन्दसूचीबाट नाम हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले सोमबार निर्वाचन आयोगको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । आदेशम भनिएको छ, “लैङ्गिक तथा अल्पसङ्ख्यकले मानसिक पीडा भोग्नुपर्ने...

उपचार र रोजगारीमा ईन्द्र बानियाँको देनः बिहव्ल पोखरेल

मकवानपुर । मेरो नाम बिहव्ल पोखरेल हो । म हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित आदर्श पथमा बस्छु । म अहिले २७ वर्षको भएँ । २०७४ साल बैशाख २३ गते सवारी दुर्घटनामा परी मेरो मेरुदण्ड भाँच्चिएको थियो । दुर्घटनापछि मेरो राष्ट्रिय ट्रमा सेन्टरमा मेरुदण्डको अप्रेशन गरी स्टिल जडान गरियो...

जनताको सेवा गर्न अमुल्य मत दिनोस्ः मोक्तान

मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नम्वर २ ‘क’ की लोकतान्त्रिक बाम गठबन्धनकी साझा प्रदेश सभा सदस्य उम्मेदवार एवम् नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य कुमारी मोक्तानले आफुलाई जनताको सेवा गर्न अमुल्य मत दिन आग्रह गरेकी छन् । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा लोकतान्त्रिक बाम गठबन्धनको चुनावी कोणसभा र घरदैलो अभियानमा उनले...

दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । भक्तपुरमा मोटरसाइकल र ट्यांकर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार सवा ७ बजे भक्तपुर नगरपालिका–१ नगरकोट मोड जय नेपाल चोकमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । कालोपाटीबाट सल्लाघारी जाँदै गरेको बागमती प्रदेश ०२–०३१ प ७८६२...

हत्याको आरोपमा एक जना पक्राउ

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्या गरेको आरोपमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । स्थानीय २० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनकी छोरी ३ वर्षीया कृष्टिना खतिवडाको सोमबार साँझ हत्या भएको थियो । उनीहरुको हत्या गरेको आरोपमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने...

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, मंगलबार देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ...

महेश बर्तौलाको चुनावी योजना : एक पालिका, एक आवसीय विद्यालय

मकवानपुर । नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा – २ का उम्मेदवार महेश बर्तौलाले एक पालिका एक आवसीय विद्यालय बनाउनुपर्ने अवधारणा सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको चुनावी प्रतिवद्धतापत्रमा यस्तो अवधारणा अघि सारेका हुन् । बालबालिका घण्टौं हिँडेर विद्यालय जानुपर्ने र फर्कनु पर्ने बाध्यता हटाउने गरी उनले यस्तो अवधारणा सार्वजनिक...

राक्सिराङ-७ मा एमाले परित्याग गरी १५४ जना कांग्रेसमा प्रवेश

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ७ मा नेकपा एमाले परित्याग गरी १५४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सोमबार एक कार्यक्रमकाबीच युना चेपाङको नेतृत्वमा एमाले कार्यकर्ताले कांग्रेस सदस्यता लिएका हुन् । केही दिनअघि एमाले वडाध्यक्ष परित्याग गरी कांग्रेस प्रवेश गरेका पूर्णबहादुर चेपाङ र सम्झना चेपाङको पहलमा...

मौन अवधिदेखि मतगणनासम्म मादक पदार्थ बिक्री वितरणमा रोक

मकवानपुर । निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगणना कार्य पूरा नभएसम्म मादक पदार्थ बिक्री वितरणमा रोक गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । केन्द्रीय आचारसंहीता अनुगमन समितिको आईतबार बसेको बैठकले मादक पर्दा जफत गर्नुपरेमा गृह मन्त्रालयमार्फत प्रहरीलाई निर्देशन दिने निर्णय गरेको हो । समितिका संयोजकसमेत रहेका निर्वाचन आयुक्त रामप्रसाद...