हेटौंडामा सवारी दुर्घटना, एक जना घाइते

तु खबर संवाददाता
२०७९ मंसिर ६, मंगलवार ०९:००
File Photo

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ हुप्राचौर नजिकै भित्री सडकखण्डमा आज बिहान सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

बिहान ना २ ह १०८३ नम्वरको अटोले ठक्कर दिँदै पैदलयात्री ५६ वर्षीया मिनु तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

घाइते लामाको शरिरको विभिन्न भागमा चोट लागेको छ । उनको अवस्था मध्यम र हेटौंडा अस्पतालमा उपचार भईरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

प्रहरीले अटो र अटो चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।