मकवानपुर प्रतिनिधि सभा २ (ख) : इन्द्र बानियाँको अग्रता कायमै

तु खबर संवाददाता
२०७९ मंसिर ६, मंगलवार ०७:२५
file_photo

मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं. २ को ख को मतगणना हाल जारी छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित सिद्धार्थ माविमा भएको मतगणनाका अनुसार, निर्वाचन क्षेत्र नं. २ (ख) को हालसम्म १० हजार ३१५ मत गाण्ना भएको छ ।

उक्त मत गणनाको परिणाम अनुसार, लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्र बहादुर बानियाँले अग्रता लिएका छन् । बानियाँले एमालेबाट उम्मेदवार बनेका लालबहादुर थापालाई १ हजार १५७ मतले पछि पार्दै अग्रता लिएका हुन् ।

बानियाँले ५ हजार ३५० मत प्राप्त गर्दा थापाले ४ हजार १९३ मत प्राप्त गरेका छन् । यस्तै, राप्रपाका उम्मेदवार बद्री बहादुर खड्का २८४ मत प्राप्त गरेका छन् ।