समाचार
कांग्रेस केन्द्रीय परिचालन समितिको समस्यमा थप दुई जना मनोनयन
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन परिचालन समितिमा थप दुई सदस्य मनोनयन गरेको छ । सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाले चण्डेश्वर वैद्य र केशर रोकायलाई केन्द्रीय निर्वाचन परिचालन समितिमा नियुक्त गरेका हुन् । देउवाले यसअघि गोपालमान श्रेष्ठको संयोजकत्वमा “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन – २०७९, केन्द्रीय परिचालन...
मकवानपुरमा डेंगु संक्रमितको संख्या ५५०० पुग्यो
मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ५०० जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ९२ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार ५०० जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि सोमबारसम्मको हो । जसमा...
३ जना मृत अवस्थामा फेला
काठमाडौं । देशको विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–६ दुब्ले बस्ने ५५ वर्षीय गोपाल तामाङ सोही गाउँपालिका–६ स्थित थारे भीरमा आईतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । खिजिदेम्बा गाउँपालिका–६ थारेस्थित ससुराली घरबाट शनिबार आफ्नो घर फर्किएका उनी आइतबार बिहानसम्म घर...
कोरोना संक्रमितको सक्रिय संख्या ५०० भन्दा कम
काठमाडौं । नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा कम पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सक्रिय संक्रमितको संख्या ४ सय ९९ पुगेको हो । जिल्लामा पछिल्लो २४ घण्टामा ९ जना संक्रमित थपिएको छन् भने २३ जना संक्रमणमुक्त भएका छन् । सो अवधिमा संक्रमणका कारण कुनै पनि...
चितवनको विकासका लागि डा. अधिकारीले जित्नुपर्छ : क्यान सचिव अधिकारी
चितवन । क्यानका केन्द्रीय सचिव चिरन्जिबी अधिकारीले प्रतिनिधिसभा – ३ मा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका डा. भोजराज अधिकारीलाई विजयी गराउन मतदाताहरुसँग आग्रह गरेका छन् । अधिकारीले चितवनलाई मेडिकल र आइटीको हबका रुपमा विकास गर्न आवश्यक रहेको र त्यसका लागि दूरदर्शी नेता डा. अधिकारी उपयुक्त पात्र भएको बताए । प्रतिनिधिसभा...
सबै धर्म सम्प्रदायप्रति उच्च सम्मान छः नेता बानियाँ
हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले कैलाश गाउँपालिका वडा नम्वर–९ स्थित बोकर थर्या छ्याइलिङ गुम्बाको आज स्थलगत अवलोकन गरेका छन् । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले गुम्बा अवलोकनको क्रममा सबै धर्म संस्कृति, जातजाती, भाषाभाषी र सम्प्रदायप्रति आफ्नो उच्च...
मकवानपुर १ मा त्रिपक्षीय प्रतिस्पर्धा
हेटौंडा । आगामी मंसिर ४ गते हुने निर्वाचनमा मकवानपुर क्षेत्र नम्वर–१ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । राष्ट्रिय राजनीतिमा पहिचान स्थापित गराएका राप्रपा नेपालका अध्यक्ष कमल थापा र कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनासँगै राप्रपाका दिपकबहादुर सिंह प्रतिस्पर्धामा छन् । थापा, डीना र सिंहबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको हो...
पोखरीमा डुबेर तीन भारतीय बालकको मृत्यु
सिरहा । सिरहाको मिर्चैयास्थित पोखरीमा डुबेर तीन जना भारतीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मिर्चैया नगरपालिका–१ स्थित जेके इट्टा उद्योगमा कार्यरत भारत विहार पुरनियाँ खरिन्चियाका खुर्सिद आलमका २ छोरा १२ वर्षीय अली हसन, १० वर्षीय नवी हसन र जोगवनी निरगंजका नन्दलाल दासका १० वर्षीय छोरा नितेश रहेका...
हेटौंडा उपमहानगरपालिकाको ७५ प्रतिशत बजेट मात्र खर्च
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७८/७९ मा विनियोजित रकमको ७५ प्रतिशत मात्र खर्च गरेको छ । उपमहानगरपालिकाको कुल रु २ अर्ब ९१ करोड ९३ लाख बजेट रहेकामा रु २ अर्ब २० करोड ५२ लाख खर्च भएको छ । गत आर्थिक वर्षमा सो पालिकाको रु १ अर्ब ३०...
डेंगु संक्रमणबाट एक जनाको मृत्यु
वीरगञ्ज । डेंगु संक्रमणबाट पर्साको जिराभवानी गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्लाको जिराभवानी गाउँपालिका वडा नम्वर २ काठमाडौं टोल बस्ने ३५ वर्षीय श्रीराम मिर्दाहा थारुको डेंगु संक्रमणबाट मृत्यु भएको हो । थारुको स्वास्थ्यमा समस्या आएपछि कात्तिक १२ गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो । हेल्थ...









