मकवानपुर प्रतिनिधि सभा २ (ख) मा इन्द्र बानियाँको अग्रता
मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं. २ को ख को मतगणना हाल जारी छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित सिद्धार्थ माविमा भएको मतगणनाका अनुसार, निर्वाचन क्षेत्र नं. २ (ख) को हालसम्म २ हजार ४७३ मत गाण्ना भएको छ ।
उक्त मत गणनाको परिणाम अनुसार, लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्र बहादुर बानियाँले अग्रता लिएका छन् । बानियाँले एमालेबाट उम्मेदवार बनेका लालबहादुर थापालाई ३०८ मतले पछि पार्दै अग्रता लिएका हुन् ।
बानियाँले १ हजार २४५ मत प्राप्त गर्दा थापाले ९७३ मत प्राप्त गरेका छन् ।
