समाचार
मौन अवधिदेखि मतगणनासम्म मादक पदार्थ बिक्री वितरणमा रोक
मकवानपुर । निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगणना कार्य पूरा नभएसम्म मादक पदार्थ बिक्री वितरणमा रोक गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । केन्द्रीय आचारसंहीता अनुगमन समितिको आईतबार बसेको बैठकले मादक पर्दा जफत गर्नुपरेमा गृह मन्त्रालयमार्फत प्रहरीलाई निर्देशन दिने निर्णय गरेको हो । समितिका संयोजकसमेत रहेका निर्वाचन आयुक्त रामप्रसाद...
रामेछापका बस्नेत ललितपुरको नख्खुमा मृत फेला
काठमाडौं । ललितपुर महानगरपालिकास्थित नख्खुमा एक जनाको शव फेला परेको छ । उक्त शव रामेछापको चनखु घर भएका ४० वर्षीय राजनकुमार बस्नेतको रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरीका अनुसार, बस्नेत ललितपुर महानगरपालिका–१३ स्थित बागडोलमा बस्दै आएका थिए । नख्खुको वैष्णवदेवी मन्दिरमा मृत भेटिएका बस्नेतको टाउकोमा चोट...
देशलाई निकास र यस क्षेत्रलाई विकास गर्न आएको हुँ : डीना
मकवानपुर । लोकतान्त्रिक बाम गठबन्धनतर्फ क्षेत्र नम्वर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय (डीना) ले आफु देशलाई निकास र यस क्षेत्रको विकास गर्न आएको बताएकी छन् । सोमबार बकैया गाउँपालिका वडा नम्वर ९ शिखरपुरमा आयोजित चुनावी सभामा बोल्दै उनले यस क्षेत्रमा गर्व गर्न लायकको विकास गरेरै छाड्ने दाबी गरेकी छन्...
समावेशीतामा बानियाँको उदारताः चेपाङदेखि दलित समुदायसम्म मन्त्री
मकवानपुर । २०७४ मा भएको निर्वाचनबाट बागमती प्रदेशसभाको कुल ११० सिटमध्ये नेपाली कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी २१ सिट प्राप्त गर्यो । उक्त सिट सरकार बनाउन प्रयाप्त थिएन । त्यसैले तत्कालीन एमाले र माओवादी मिलेर प्रदेश सरकारको नेतृत्व गर्यो । तर साढे तीन वर्षको अवधि पूरा भएपछि एमाले माओवादीबाट...
लागूऔषधसहित दुई जना प्रहरीको फन्दामा
कैलाली । कैलारी गाउँपालिका–७ सरदघाटबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्रामसहित प्रहरीले आईतबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलारी गाउँपालिका–३ बस्ने २३ वर्षीय सरोज चौधरी र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र सशस्त्र प्रहरी बल वेश क्याम्प बिपदपुरबाट...
हत्या गरेको आरोपमा एक जना पक्राउ
मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ बस्ने ४२ वर्षीय काजी मोहराको धारिलो हतियार दाउ प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–८ बस्ने २२ वर्षीय सुजन पाचकोटी रहेका छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । उर्लाबारी नगरपालिका–८ स्थित...
गठबन्धनका उम्मेदवार जिताउन कांग्रेसको आह्वान
काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ मा हुने निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन पार्टी नेता तथा कार्यकर्ताहरूलाई आह्वान गरेको छ । पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिकतर्फ रुख चिह्न र प्रत्यक्षमा गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन सिंगो पार्टी...
जिल्ला प्रशासन कार्यालय मकवानपुर : मंसिर १ बाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंसिर १ गतेबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । मंसिर ४ गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत यस कार्यालयमा कार्यरत कर्मचारीहरू समेत मतदान केन्द्रमा खटिने भएको हुँदा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बिहीबारदेखि बन्द गरिने भएको जिल्ला प्रशासन...
सोमबार शेयर बजारमा दोहोरो अंकको सुधार
काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन झिनो अंकले घटेको नेप्से परिसूचक आज २१.२६ अंकले बढेर १९०४ को विन्दुमा कायम हुन पुगेको छ । मंसिर महिनामा बैंकहरुले ब्याजदर नबढाई यथावत् राख्ने विषयले गर्दा पनि आज शेयर बजारमा सुधार देखिएको हो । आज...
बुद्ध एयरले पोखराबाट पनि अन्तर्राष्ट्रिय उडान भर्ने
काठमाडौं । प्रसिद्ध निजी हवाई कम्पनी बुद्ध एयरले अब पोखराबाट पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । आगामी जनवरीदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै कम्पनीले पोखरा–बनारस–पोखरा नियमित उडान भर्ने भएको हो । बुद्ध एयरले सोमबार एक विज्ञप्ति जारी गर्दै विमानस्थल संचालनमा आएसँगै लगत्तै बनारस उडान भर्ने जनाएको छ ।...










