झापा–५ मा केपी ओली फराकिलो मतले अगाडि

तु खबर संवाददाता
२०७९ मंसिर ५,सोमबार १८:००
file-photo

झापा । झापा–५ बाट उम्मेदवार बनेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रारम्भिक गणनामै फराकिलो अग्रता लिएका छन् । हालसम्म ६ हजार २१५ मत गणना हुँदा ओलीले ३ हजार २१२ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १ हजार ५२३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाको गौरीगन्ज गाउँपालिकामा मतगणना जारी छ ।