मकवानपुरमा महेश बर्तौला अघिअघि, विरोध खतिवडा पछिपछि

तु खबर संवाददाता
२०७९ मंसिर ५, सोमबार १५:५२

हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–२ को हालसम्म २ हजार ३८५ मत गणना भएको छ ।

जसमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार विरोध खतिवडाले ८२६ मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका महेश बर्तौलाले ८४९ र राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ४६९ मत पाएका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका राजन मैनालीले २७ मत ल्याएका छन् । मतगणना जारी रहेको छ ।