मकवानपुर-१ (क) मा २३४५ मतगणना, कस्को कति मत ?

तु खबर संवाददाता
२०७९ मंसिर ५, सोमबार १७:४८
file-photo

मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं. १ -क) को मतगणना हाल जारी छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित सिद्धार्थ माविमा भएको मतगणनाका अनुसार, निर्वाचन क्षेत्र नं. १ (क) को हालसम्म २ हजार ३४५ मत गणना भएको छ ।

उक्त मत गणनाको परिणाम अनुसार, नेकपा एमालेका उम्मेदवार कमल विष्टले ७८४ मत, लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार प्रेमबहादुर पुलामी (छिन्तु) ले ७५८, राप्रपाका उम्मेदवार सागर थापाल े६७४ मत प्राप्त गरेका छन् । यस्तै, ७५ मत बदर भएको छ ।